आयोजना समन्वय इकाई
- पशुपन्छी र मत्यस्यपालनका विविध क्षेत्रहरूमा राष्ट्रिय महत्वका आयोजना प्रस्ताव तयार गर्ने र त्यस परियोजना कार्यान्वयनमा नेतृत्वदायी र समन्वयकारी भूमिका निर्वाह गर्ने।
- पशुपालन एकीकृत स्वास्थ्य लगायत भेटेरिनरी जनस्वास्थ्य, पशुस्वास्थ्य तथा मत्स्य, जिविकोपार्जनसँग सम्बन्धित कार्य गर्ने विभिन्न सरकारी तथा गैरसरकारी निकायहरूसँग समन्वय गर्ने ।
- पशुपालनसँग सम्बन्धित रहेर कार्य गर्ने विभिन्न Non-Governmental Organization (NGO)/International Non-Governmental Organization (INGO) सँग समन्वय सहकार्य तथा सहजीकरण गर्ने
- World Bank, Asian Development Bank, BIMSTEC, SAARC, FAO, WOAH, APHCA, WTO, USAID, GIZ, JICA, KOICA, IFAD, WSPA, HSI लगायत अन्य अन्तर्राष्ट्रिय सङ्घ सस्थांहरूसँग सम्पर्क, पत्राचार, सदस्यता नविकरण लगायतका कार्यहरू गर्ने।
- राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पेशागत संस्था (WVA, WASAVA, NVA, NASA, NEVLA, NELTA etc.) हरूसँग सम्पर्क र सहकार्यमा गर्ने।
- प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना लगायतका राष्ट्रिय परियोजनाहरूसँग समन्वय, सहकार्य तथा सहजीकरण गर्ने।
- सातै प्रदेश र स्थानीय तहसँग छलफल अन्तरक्रिया गरी स्थान विशेष परियोजना प्रस्ताव तयारी र कार्यान्वयनमा समन्वय र सहयोग गर्ने।
- राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा आयोजना हुने मेला, कार्यशाला, गोष्ठी, अर्न्तक्रिया, महोत्सव, वैज्ञानिक ज्ञान आदान प्रदान, प्रविधि विकास तथा हस्तान्तरण, प्रवर्द्धन लगायतका कार्य, पत्राचार, क्षमता अभिवृद्धि जस्ता कार्यहरुमा सम्पर्क गर्ने।
- विभिन्न वैदेशिक दातृ संस्थाहरूले नेपालको पशु सेवा विभागसँग कार्य गर्न चाहेको अवस्थामा पशु सेवा विभागसँग Memorandum of Understanding (MOU) तयार गर्ने।
- राष्ट्रिय निकुञ्ज, संरक्षित क्षेत्रहरू, चिडियाखाना तथा ट्रस्टहरूसँग सहकार्य तथा समन्वय गर्ने।
- वैदेशिक अध्ययन गोष्ठी लगायतका कार्यक्रम, अवलोकन भ्रमण, तालीमहरुमा तुलनात्मक व्यक्तिगत विवरणको आधारमा कर्मचारी मनोनयन गर्ने।
- सरोकारवालाहरूसँग समन्वय तथा सहकार्य गर्ने।
- प्रकाशन गर्ने कार्यमा सहजीकरण तथा समन्वय गर्ने।
- विभागीय प्रमुखबाट तोकिए बमोजिमका अन्य कार्यहरू सम्पादन गर्ने।