नेपाल सरकार

कृषि, वन तथा पर्यावरण मन्त्रालय

पशु सेवा विभाग

हरिहरभवन, ललितपुर

"स्वदेशी उत्पादनमा लगानी,आत्मनिर्भर कृषिको थालनी"

Lagani Dasak Nepal Flag
२०८३ असार १३ गते

पशु क्वारेन्टाइन महाशाखा

पशु क्वारेन्टाईन महाशाखा

  • पशु क्वारेन्टाइनको क्षेत्रमा कानूनी तथा प्राविधिक राष्ट्रिय निकाय (National Technical Authority) को रुपमा काम गरी तत्सम्बन्धी सम्पूर्ण जिम्मेवारी बहन गर्ने।
  • पशु क्वारेन्टाइनसँग सम्बन्धी अल्पकालीन, मध्यकालीन तथा दिर्घकालीन योजना तर्जुमा तथा कार्यान्वयन गर्ने।
  • पशु क्वारेन्टाइनसँग सम्बन्धित ऐन, नियमावली, मापदण्ड, कार्यविधिको मस्यौदा तयारी तथा कार्यान्वयन गर्ने ।
  • निर्धारित गुणस्तर अनुसारका पशुपन्छी तथा माछा र पशुजन्य पदार्थको मात्र आयात निर्यात गर्ने व्यवस्था मिलाउने।
  • पशु, पशुजन्य पदार्थ तथा पशु उत्पादन सामाग्री भित्रिन सक्ने पशु रोगहरूको प्रवेश रोक्न विद्यमान ऐन, नियमको कार्यान्वयनको साथै पशु क्वारेन्टाइनको समुचित व्यवस्थापन गर्ने।
  • विश्व व्यापार  सङ्गठन (WTO) को सम्पर्क बिन्दुको रुपमा कार्य गर्ने तथा Sanitary and Phytosanitary (SPS) Measures अनुरुप क्वारेन्टाइन प्रक्रिया वैज्ञानिक तथा सुदृढ गर्दै जाने।
  • WTO को SPS मापदण्ड अनुरुप पशु क्वारेन्टाइन प्रक्रियालाई अध्यावधिक गरी पशुपन्छी र पशुजन्य पदार्थको गुणस्तर नियमन, मापदण्ड निर्धारण, ऐन नियमको प्रस्तावना साथै सो सम्बन्धी नीति तय गर्ने।
  • पशु स्वास्थ्य तथा पशु सेवा ऐन, २०५५ को दफा १७, १८, र १९ बमोजिमका कार्यहरू गर्ने।
  • पशु, पशुजन्य पदार्थ तथा पशु उत्पादन सामाग्रीहरूको आयात निर्यात सिफारिस प्राविधिक समितिको सचिवालयको रुपमा कार्य गर्ने।
  • वैज्ञानिक तथ्यका अधारमा आयात जोखिम विश्लेषण जोखिम व्यवस्थापन तथा कार्यान्वयन गर्ने।
  • पशु क्वारेन्टाइन कार्यालय, चेकपोष्ट, होल्डिङ्ग यार्ड (Holding Yard) र नाकाहरूको समयानुकुल स्थापना तथा स्थानान्तरण गर्न आवश्यक व्यवस्था मिलाउने।
  • रोग नियन्त्रण गर्ने सम्बन्धमा सीमावर्ती मुलुकका सरोकारवाला निकायहरूसँग समन्वय गरी आवश्यक व्यवस्थापन गर्ने।
  • रोगहरू एक ठाउँबाट अर्को ठाउँमा सर्न नदिन आन्तरिक क्वारेन्टाइनलाई प्रभावकारी रुपमा सञ्चालन गर्ने।

    जोखिम विश्लेषण शाखा

  • पशु, पशुजन्य पदार्थ तथा पशु उत्पादन सामाग्रीहरूको आयात जोखिम विश्लेषण गर्ने ।
  • सीमावर्ती मुलुकका पशु क्वारेन्टाइन कार्यालयसँग समन्वय गरी कार्य गर्ने ।
  • क्वारेन्टाइन कार्यसँग सम्बन्धित कार्यहरूको लागि जोखिम विश्लेषणको खाका तथा प्रोटोकल तयार गर्ने।
  • क्वारेन्टाइनमा कार्यरत कर्मचारीहरूलाई जोखिम विश्लेषण गर्ने विधि सम्बन्धी तालीम तथा सचेतना कार्यक्रम सञ्चालन गर्ने ।
  • नेपालमा पशु, पशुजन्य पदार्थ तथा पशु उत्पादन सामाग्रीहरू निर्यात गर्ने मुलुकहरूको पशु रोगको अवस्था (Disease Status) का आधारमा नेपालको लागि क्वारेन्टाइन Pathogen पहिचान गर्ने।
  • प्रयोगशाला तथा भेटरिनरी इपिडेमियोलोजी शाखा, जनस्वास्थ्य, वन्यजन्तु तथा सम्बन्धित सरोकारवाला निकायहरूसँग समन्वय गरी जोखिम विश्लेषण सम्बन्धी कार्य गर्ने ।
  • जोखिम सम्बन्धी अध्ययन अनुसन्धान गर्ने निकायहरूसँग समन्वय गरी जोखिम न्यूनिकरणका उपायहरू अवलम्वन गर्ने गराउने।
  • रोग जोखिमका अतिरिक्त अन्य जोखिमका सम्वन्धमा सम्बन्धित निकायसँग समन्वय गरी जोखिम विश्लेषण गरी अवश्यक परामर्श गरी प्रतिवेदन तयार गर्ने ।

    आन्तरिक तथा सीमा पशु क्वारेन्टाईन शाखा

  • पशु क्वारेन्टाइनको क्षेत्रमा आधिकारिक राष्ट्रिय निकाय (National Technical Authority) को रुपमा कार्य गर्ने।
  • पशु सेवा क्षेत्रको लागि विश्व व्यापार सङ्गठनको समन्वय केन्द्रको रुपमा कार्य गर्ने।
  • पशु क्वारेन्टाइन कार्यालयहरूको कार्यक्रम तर्जुमा अनुगमन तथा मूल्याङ्कन गर्ने।
  • क्वारेन्टाइनसँग सम्बन्धित सरोकार निकायहरूसँग समन्वय गर्ने।
  • पशु, पशुजन्य पदार्थ तथा पशु उत्पादन सामाग्रीको माध्यमबाट भित्रिन सक्ने पशु रोगहरूको प्रवेश रोक्न विद्यमान ऐन नियमको कार्यान्वयन गर्ने गराउने।
  • विश्व व्यापार  सङ्गठनको Sanitary and Phyto-sanitary Measures अनुरुप पशु क्वारेन्टाइन प्रक्रियालाई अध्यावधिक गरी पशुपन्छी र पशुजन्यपदार्थको गुणस्तर नियमन, मापदण्ड तर्जुमामा यथोचित सहयोग तथा ऐन नियमको कार्यान्वयन गर्ने गराउने।
  • रोगहरू एक ठाउँबाट अर्को ठाउँमा सर्न नदिन।
  • रोग नियन्त्रण कार्यक्रम सञ्चालन भएका क्षेत्रमा रोग भित्रन नदिन र रोगहरू एक ठाउँबाट अर्को ठाउँमा सर्न नदिन आन्तरिक तथा सीमा क्वारेन्टाइनलाई प्रभावकारी रुपमा सञ्चालन गर्ने।
  • पशु क्वारेन्टाइन सूचना व्यवस्थापन (AQMIS) प्रणाली सञ्चालन तथा व्यवस्थापन गर्ने।
  • पशु क्वारेन्टाइन कार्यालय, चेकपोष्ट, क्वारेन्टाइन स्थल (Holding Yard) को समयानुकुल सुदृढीकरण गर्ने र आवश्यकता अनुसार स्थाई तथा अस्थाई क्वारेन्टाइन चेकपोष्ट स्थापना तथा स्थानान्तरण गर्न आवश्यक व्यवस्था मिलाउने।