नेपाल सरकार

कृषि, वन तथा पर्यावरण मन्त्रालय

पशु सेवा विभाग

हरिहरभवन, ललितपुर

"स्वदेशी उत्पादनमा लगानी,आत्मनिर्भर कृषिको थालनी"

Lagani Dasak Nepal Flag
२०८३ असार १३ गते

आयोजना समन्वय इकाइ

आयोजना समन्वय इकाई

  • पशुपन्छी र मत्यस्यपालनका विविध क्षेत्रहरूमा राष्ट्रिय महत्वका आयोजना प्रस्ताव तयार गर्ने र त्यस परियोजना कार्यान्वयनमा नेतृत्वदायी र समन्वयकारी भूमिका निर्वाह गर्ने।
  • पशुपालन एकीकृत स्वास्थ्य लगायत भेटेरिनरी जनस्वास्थ्य, पशुस्वास्थ्य तथा मत्स्य, जिविकोपार्जनसँग सम्बन्धित कार्य गर्ने विभिन्न सरकारी तथा गैरसरकारी निकायहरूसँग समन्वय गर्ने ।
  • पशुपालनसँग सम्बन्धित रहेर कार्य गर्ने विभिन्न Non-Governmental Organization (NGO)/International Non-Governmental Organization (INGO) सँग समन्वय सहकार्य तथा सहजीकरण गर्ने
  • World Bank, Asian Development Bank, BIMSTEC, SAARC, FAO, WOAH, APHCA, WTO, USAID, GIZ, JICA, KOICA, IFAD, WSPA, HSI लगायत अन्य अन्तर्राष्ट्रिय सङ्‍घ सस्थांहरूसँग सम्पर्क, पत्राचार, सदस्यता नविकरण लगायतका कार्यहरू गर्ने।
  • राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पेशागत संस्था (WVA, WASAVA, NVA, NASA, NEVLA, NELTA etc.) हरूसँग सम्पर्क सहकार्यमा गर्ने।
  • प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना लगायतका राष्ट्रिय परियोजनाहरूसँग समन्वय, सहकार्य तथा सहजीकरण गर्ने।
  • सातै प्रदेश र स्थानीय तहसँग छलफल अन्तरक्रिया गरी स्थान विशेष परियोजना प्रस्ताव तयारी र कार्यान्वयनमा समन्वय र सहयोग गर्ने।
  • राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा आयोजना हुने मेला, कार्यशाला, गोष्ठी, अर्न्तक्रिया, महोत्सव, वैज्ञानिक ज्ञान आदान प्रदान, प्रविधि विकास तथा हस्तान्तरण, प्रवर्द्धन लगायतका कार्य, पत्राचार, क्षमता अभिवृद्धि जस्ता कार्यहरुमा सम्पर्क गर्ने।
  • विभिन्न वैदेशिक दातृ संस्थाहरूले नेपालको पशु सेवा विभागसँग कार्य गर्न चाहेको अवस्थामा पशु सेवा विभागसँग Memorandum of Understanding (MOU) तयार गर्ने।
  • राष्ट्रिय निकुञ्‍ज, संरक्षित क्षेत्रहरू, चिडियाखाना तथा ट्रस्टहरूसँग सहकार्य तथा समन्वय गर्ने।
  • वैदेशिक अध्ययन गोष्ठी लगायतका कार्यक्रम, अवलोकन भ्रमण, तालीमहरुमा तुलनात्मक व्यक्तिगत विवरणको आधारमा कर्मचारी मनोनयन गर्ने।
  • सरोकारवालाहरूसँग समन्वय तथा सहकार्य गर्ने।
  • प्रकाशन गर्ने कार्यमा सहजीकरण तथा समन्वय गर्ने।
  • विभागीय प्रमुखबाट तोकिए बमोजिमका अन्य कार्यहरू सम्पादन गर्ने।