नेपाल सरकार

कृषि तथा पशुपन्छी विकास मन्त्रालय

पशु सेवा विभाग

हरिहरभवन, ललितपुर

Nepal Flag
२०८२ फागुन २४ गते

पशुपन्छी आनुवांशिक श्रोत तथा आर्थिक विश्लेषण महाशाखा

पशुपन्छी आनुवंशिक स्रोत तथा आर्थिक विश्लेषण महाशाखा

  • पशुपन्छी र मत्स्य आनुवंशिक स्रोतको सर्वेक्षण, पहिचान, अभिलेखीकरण, दर्ता तथा संलग्न जोखिमको स्तर मूल्याङ्कन र अनुगमन, संरक्षण, संवर्द्धन तथा उपयोगको लागि आवश्यक पर्ने नीति, ऐन, नियम, निर्देशिका, नर्मस, मापदण्ड तथा कार्यविधि, मस्यौदा तर्जुमा, परिमार्जन र कार्यान्वयन आदि सम्बन्धी कार्यमा समन्वय र सहजीकरण गर्ने।
  • राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका नीति एवम् सन्धी, महासन्धी अनुसार पशुपन्छी, मत्स्य आनुवंशिक स्रोत संरक्षण र उपयोगका कार्यक्रम प्रभावकारी रुपमा कार्यान्वयन गर्न स्थानीय, प्रदेश, केन्द्रीय तथा अन्तर्राष्ट्रिय निकायहरूसँग समन्वय गर्नुका साथै सहकार्यको लागि राष्ट्रिय फोकल प्वार्इन्टको रूपमा कार्य गर्ने।
  • स्थानीय, प्रदेश तथा केन्द्रीय स्तरमा पशुपन्छी तथा मत्स्य आनुवंशिक स्रोत सम्बन्धी सचेतना तथा क्षमता अभिवृद्धि (प्रचार प्रसार, तालीम, अन्तर्क्रिया आदि) का आवश्यक कार्यक्रमहरू कार्यान्वयनमा समन्वय र सहकार्य गर्ने।
  • कृषक, व्यवसायी तथा उद्यमीहरूको पशुपन्छी तथा मत्स्यजन्य उत्पादन सम्बन्धी परम्परागत ज्ञान, सीप, प्रविधि र आविष्कारको अभिलेखीकरण र उपयोगलाई प्रोत्साहन गर्ने गराउने कार्यक्रमहरूमा समन्वय गर्ने।
  • पशुपन्छी तथा मत्स्य स्रोत संरक्षण र प्रवर्द्धनको लागि राष्ट्रिय, अन्तर्राष्ट्रिय, सरकारी, गैर सरकारी तथा नीजि क्षेत्रका सङ्‍घ संस्थाहरूसँग सहकार्य र समन्वय गरी अध्ययन, अनुसन्धान, प्रविधि विस्तार सम्बन्धी कार्यको पहिचान, तर्जुमा र कार्यान्वयनलार्इ प्रभावकारी वनाउन सहजीकरण गर्ने।
  • पशुपन्छी तथा मत्स्यजन्य पदार्थहरूको उत्पादन, सङ्कलन, ढुवानी, प्रशोधन, विविधिकरण र बजारीकरणका कार्यक्रमहरूको सरोकारवाला निकायहरूसँगको संलग्नतामा अनुगमन, मूल्याङ्कन, नियमनको कार्यान्वयन गर्न समन्वय गर्ने।
  • पशुपन्छी तथा मत्स्यजन्य पदार्थको उत्पादन ढुवानी, सङ्कलन प्रशोधन, र बजारीकरण, आदि कार्यमा संलग्न कृषक, ब्यवसायी, उद्यमी र विषयगत प्राविधिक जनशक्तिको क्षमता अभिवृद्धि (व्यवहारिक सीपमूलक तालीम/अध्ययन/अवलोकन भ्रमण, प्रविधि विस्तारका साथै यान्त्रिकरण तथा सूचना प्रविधि सम्बन्धी ज्ञान र सीप) को लागि सङ्‍घ, प्रादेशिक र स्थानीय तहहरूसँग सहकार्य र समन्वय गर्ने।
  • पशुपन्छी तथा मत्स्यपालनमा कृषकहरूबाट अपनाईएका परम्परागत ज्ञान, सीप आविष्कार र बौद्धिक सम्पत्ती तथा रैथाने पशुपन्छी, मत्स्य साथै घाँसेबालीहरूको स्रोत पहिचान, संरक्षण, उपयोग, प्रवर्द्धन र तिनीहरूको मौलिकताको अधिकार (Patent Right) दर्ता गर्न समन्वय गर्ने।
  • राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा आयोजना हुने पशुपन्छी तथा मत्स्य सम्बन्धी मेला, महोत्सव, प्रदर्शनी, दिवस, अन्तरक्रिया, कार्यशाला गोष्ठिमा सहभागिता जनाउने।
  • पशुपन्छी तथा मत्स्य उत्पादन, उद्योग व्यवसाय तथा बजारीकरणसँग सम्बन्धित वैदेशिक सहायताको लागि आयोजना, अवधारणा पत्र तयार तथा कार्यक्रम सञ्चालन/कार्यान्वयनको लागि मार्गदर्शन तर्जुमामा सहजीकरण गर्ने।
  • यस महाशाखासँग सम्बन्धित सरकारी, गैर सरकारी, सहकारी र नीजि क्षेत्रका आयोजना, फार्म र उद्योग व्यवसायहरूको नियमित सुपरिवेक्षण, अनुगमन, मूल्याङ्कन गरी विश्लेषणात्मक प्रतिवेदन पेश गर्ने व्यवस्था मिलाउने।
  • केन्द्रीय तथ्याङ्क कार्यालय, सङ्‍घ, प्रदेश र स्थानीय तह तथा अन्य सरोकारवाला निकायहरूसँगको सहकार्यमा पशुपन्छी तथा मत्स्य क्षेत्रका महत्वपूर्ण सूचना तथा तथ्याङ्क (स्रोत केन्द्र, व्यावसायिक फार्म, उद्योग व्यवसाय, पशुपन्छी र मत्स्य तथ्याङ्क तथा पशुपन्छी र मत्स्यजन्य पदार्थहरूको उत्पादन, पशु आहारा तथा चरन खर्क, पशु स्वास्थ्य, पशुपन्छी व्यवसाय) सङ्कलन, विश्लेषण, अभिलेखीकरण, व्यवस्थापन र सम्प्रेषण कार्यमा समन्वय र सहकार्य गर्ने।
  • तथ्याङ्क सङ्कलन तथा आर्थिक विश्लेषण प्रणालीलाई वैज्ञानिक ढङ्गबाट अध्यावधिक गर्न आवश्यक नीति, नर्मस, निर्देशिका, कार्यविधि, मापदण्ड आदि तर्जुमा र कार्यान्वयनमा समन्वय गर्ने।
  • पशुपन्छी तथा मत्स्यजन्य पदार्थको उत्पादन, प्रशोधन, बजार प्रवर्द्धन तथा विविधीकरणमा सरोकारवाला निकायहरूसँगको साझेदारी तथा सहकार्यमा लाभ लागत अध्ययन, अनुसन्धान तथा विश्लेषण गरी सम्बन्धित निकायहरूलाई सुसूचित गर्ने गराउने।
  • तथ्याङ्क सङ्कलन र विश्लेषणको आधारमा पशुपन्छी तथा मत्स्यजन्य पदार्थहरूको माग तथा आपूर्तिको सम्भाव्यता अध्ययनद्धारा पशुपालन र मत्यस्यपालन क्षेत्रको विकास र प्रवर्द्धनको लागि व्यावसायिक योजना, परियोजना र कार्यक्रमहरूको पहिचान, तर्जुमा र कार्यान्वयनमा प्रादेशिक तथा स्थानीय तहहरूसँग सहकार्य र समन्वय गर्ने।
  • पशुपालन र मत्स्यक्षेत्रसँग सम्बन्धित स्रोत केन्द्रहरू तथा यसमा आधारित उद्योग व्यवसायहरूको सम्बन्धित सरोकारवाला निकायहरूको संलग्नतामा प्रभावकारी अनुगमन सुपरीवेक्षण तथा मूल्याङ्कन गर्ने।
  • पशुपन्छी र मत्स्य सम्बन्धी राष्ट्रियस्तरको तथ्याङ्क प्रणाली सम्बन्धी विषयगत अध्ययन, अनुसन्धान, विकास र विस्तारसँग सम्बन्धित क्षमता अभिवृद्धि कार्यक्रमहरूको कार्यान्वयनमा समन्वय गरी सूचना प्रणाली स्थापना र व्यवस्थापनमा नवीनतम प्रविधिहरूको उच्चतम प्रयोगमा सहजीकरण गर्ने।
  • मत्स्य तथा अन्य जलचर सम्बद्ध अन्तर्राष्ट्रिय सङ्‍घ/संस्थासँग समन्वयमा सञ्चालित कार्यक्रम कार्यान्वयनमा सहयोग गर्ने।
  • योजना तथा विकासका नीतिका लागि आवश्यक पर्ने पशुपन्छी तथा मत्स्यजन्य तथ्याङ्क उपलब्ध गराउन सहजीकरण गर्ने ।
  • सञ्चालित कार्यक्रमहरूको सहभागीतामूलक, नतिजामुखी अनुगमन, मूल्याङ्कन प्रणालीको प्रभावकारी कार्यान्वयन गर्न समन्वय गर्ने ।
  • कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट भएका निर्देशन एवम् परिपत्र बमोजिमका अन्य कार्यहरू गर्ने ।

    पशुपन्छी  उद्योग  व्यवसाय विकास प्रवर्द्धन शाखा

  • पशुपन्छी तथा मत्स्यजन्य उत्पादन, ढुवानी, सङ्कलन, प्रशोधन र बजारीकरण सम्बन्धी नीति, ऐन, नियम, निर्देशिका, नर्मस, कार्यविधि, मापदण्ड आदिको मस्यौदा तयार, परिमार्जन, कार्यान्वयन लगायतका कार्यमा समन्वय र सहजीकरण गर्ने ।
  • पशुपन्छी र मत्स्यजन्य फार्म, स्रोत केन्द्र र यसमा आधारित उद्योग, व्यवसाय बजार विकास र प्रवर्द्धनको लागि व्यावसायिक प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धिका कार्यक्रमहरू तर्जुमा र कार्यान्वयन सम्बन्धी सरोकार निकायहरूलार्इ सहयोग गर्ने ।
  • भौगोलिक विशेषता र सम्भाव्यताको आधारमा प्रतिस्पर्धात्मक तुलनात्मक लाभका पशुपन्छी तथा मत्स्यजन्य उत्पादनहरूको सम्भाव्यता अध्ययन, मूल्य श्रृङ्‍खला पहिचान र बजार प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालनका लागि प्रादेशिक र स्थानीय तहका सरकारी, गैरसरकारी सहकारी, निजी क्षेत्रसँग समन्वय र सहकार्य गर्ने ।
  • सरकारी, निजी र सहकारी एवम् स्थानीय तहको साझेदारीमा बजार सञ्जाल विकास र यससँग सम्बन्धित सूचना प्रणाली (Mobile apps, websites, e-marketing system आदि) को व्यवस्थापनमा समन्वय र सहकार्य गर्ने ।
  • सघन उत्पादन क्षेत्रमा सार्वजनिक निजी सहकारी साझेदारी अवधारणा (PPP) अनुसार सङ्‍घीय, प्रादेशिक र स्थानीय तहहरूको सहकार्यमा सङ्कलन केन्द्र, थोकबजार, वधस्थल/वधशाला, दूध, फुल तथा माछा मासुसँग सम्बन्धित उद्योग, मार्ट, पसल, प्रशोधन केन्द्र, सङ्कलन केन्द, भण्डारण केन्द्र तथा हाटबजारको पूर्वाधार विकास, स्थापना र सुदृढीकरणमा सहयोग गर्ने।
  • पशुपन्छी तथा मत्स्यजन्य पदार्थ (दूध, फुल, माछा, मासु, ऊन, पश्मिना, हाड, छाला आदि) को मूल्य श्रृङ्‍खला पहिचान, अध्ययन प्रवर्द्धनका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारीकरणमा सहजीकरण गर्ने।
  • पशुपन्छी तथा मत्स्यजन्य उत्पादन/वस्तुहरूको उद्योग, व्यवसाय, सङ्कलन केन्द्र, हाट बजारहरको तथ्याङ्क अध्यावधिकको साथै माग, आपूर्ति र बजार मूल्य सम्बन्धी सूचना सङ्कलन तथा लाभ लागत अध्ययन विश्लेषण कार्यमा सहजीकरण गर्ने।
  • स्वच्छ, स्वस्थ्य र गुणस्तरीय पशुपन्छी तथा मत्स्य उत्पादनको लागि असल उत्पादन व्यवस्थापन, बजारीकरण पद्धतिको कार्यान्वयन, नियमन र सुदृढिकरण सम्बन्धी कार्यक्रमहरू सञ्चालनमा समन्वय गर्ने।
  • ऊन, पश्मिना, छाला सङ्कलन तथा प्रशोधनको लागि आवश्यक प्रविधि उत्पादन, पूर्वाधार विकास र बजार प्रवर्द्धनमा सरोकार निकायहरूसँग सहयोग र सहजीकरण गर्ने।
  • युवा, महिला, जनजाती, दलित, अति गरीव, पिछडिएका क्षेत्र तथा समुदायलार्इ पशुपन्छी तथा मत्स्यपालन क्षेत्र सम्बन्धी उत्पादन, प्रशोधन तथा बजारीकरणमा आकर्षित गर्न क्षमता अभिवृद्धि, उद्यमशिलता एवम् बजार व्यवसाय प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालनमा सहजीकरण गर्ने।
  • निर्यातजन्य उच्च मूल्यका पशुजन्य उत्पादन (ऊन/राडी पाखी, पश्मिना, चीज, छुर्पी, छाला आदि) को गुणस्तरीय उत्पादन, प्रशोधन र बजार प्रवर्द्धनका लागि मूल्य श्रृङ्‍खलाको विकास र विस्तारद्धारा राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारीकरणमा सहजीकरण गर्ने।
  • पशुपन्छीपालन तथा मत्स्यपालन क्षेत्रसँग सम्बन्धित मूल्य श्रृङ्‍खलामा आधारित उद्योग व्यवसायको विकास र प्रवर्द्धनका लागि अध्ययन अनुसन्धान गर्न सरकारी, सहकारी, गैरसरकारी, निजी क्षेत्र र अन्य सरोकारवाला निकायहरूसँग सहकार्य र समन्वय गर्ने ।
  • कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट भएका निर्देशन एवम् परिपत्र बमोजिमका अन्य कार्यहरू गर्ने ।

पशुपन्छी तथ्याङ्क व्यवस्थापन तथा आर्थिक विश्लेषण शाखा

  • पशुपन्छी र मत्स्यजन्य पदार्थ, उद्योग, स्रोत केन्द्र, वस्तुहरूमा आधारित फार्म / सरोकारवाला निकायहरूसँग सम्बन्धित तथ्याङ्क प्रवर्द्धन गर्न, बजार तथा मूल्य सम्बन्धी सूचना विकास कार्यक्रम तर्जुमा गर्ने र पशुपालक कृषकहरूको समन्वयमा व्यावसायिक योजना तथा बजार क्षेत्रसँग सम्बन्धित कार्यक्रमहरूको अनुगमन र तथ्याङ्क सङ्कलनमार्फत विवरण अध्यावधिक राख्ने र सम्प्रेषण गर्ने रहेको छ ।
  • पशुपन्छी तथा मत्स्यजन्य पदार्थको उत्पादन, प्रशोधन, बजार प्रवर्द्धन तथा विविधीकरणमा सरोकारवाला निकायहरूसँगको साझेदारी तथा सहकार्यमा लाभ लागत अध्ययन, अनुसन्धान तथा विश्लेषण गरी सम्बन्धित निकायहरूलाई सुसूचित गर्ने गराउने ।
  • तथ्याङ्क सङ्कलन र विश्लेषणको आधारमा पशुपन्छी तथा मत्स्यजन्य पदार्थहरूको माग तथा आपूर्तिको सम्भव्यता अध्ययनद्धारा पशुपालन र मत्स्यपालन क्षेत्रको विकास र प्रवर्द्धनको लागि व्यावसायिक योजना, परियोजना र कार्यक्रमहरूको पहिचान, तर्जुमा र कार्यान्वयनमा प्रादेशिक तथा स्थानीय तहहरूसँग सहकार्य र समन्वय गर्ने ।
  • पशुपन्छी र मत्स्य सम्बन्धी राष्ट्रियस्तरको तथ्याङ्क प्रणाली सम्बन्धी विषयगत अध्ययन, अनुसन्धान, विकास र विस्तार तथा यससँग सम्बन्धित क्षमता अभिवृद्धि कार्यमा सूचना प्रणालीका नवीन प्रविधिहरूको प्रयोग गर्ने गराउने।
  • तथ्याङ्क सङ्कलन तथा आर्थिक विश्लेषण प्रणालीलाई वैज्ञानिक ढङ्गबाट अध्यावधिक गर्न आवश्यक नर्मस निर्देशिका, कार्यविधि, मापदण्ड आदि तर्जुमा गर्न सरोकार निकायहरूसँग समन्वय गर्ने।
  • पशुपन्छी र मत्स्य आनुवंशिक स्रोतको सर्वेक्षण, पहिचान, अभिलेखीकरण, दर्ता तथा संलग्न जोखिमको स्तर मूल्याङ्कन र अनुगमन, संरक्षण, संवर्द्धन तथा उपयोगको लागि आवश्यक पर्ने नीति, ऐन, नियम, निर्देशिका, नर्मस, मापदण्ड तथा कार्यविधि, मस्यौदा तर्जुमा, परिमार्जन र कार्यान्वयन आदि सम्बन्धी कार्यमा समन्वय र सहजीकरण गर्ने।
  • राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका नीति एवम् सन्धी, महासन्धी अनुसार पशुपन्छी, मत्स्य आनुवंशिक स्रोत संरक्षण र उपयोगका कार्यक्रम प्रभावकारी रुपमा कार्यान्वयन गर्न स्थानीय, प्रदेश, केन्द्रीय तथा अन्तर्राष्ट्रिय निकायहरूसँग समन्वय गर्नुका साथै सहकार्यको लागि राष्ट्रिय फोकल प्वार्इन्टको रूपमा कार्य गर्ने।
  • स्थानीय, प्रदेश तथा केन्द्रीय स्तरमा पशुपन्छी तथा मत्स्य आनुवंशिक स्रोत सम्बन्धी सचेतना तथा क्षमता अभिवृद्धि (प्रचार प्रसार, तालीम, अन्तरक्रिया आदि) का आवश्यक कार्यक्रमहरू कार्यान्वयनमा समन्वय र सहकार्य गर्ने।
  • पशुपन्छी तथा मत्स्यपालनमा कृषकहरूबाट अपनाईएका परम्परागत ज्ञान, सीप, आविष्कार र वौद्धिक सम्पत्ती तथा रैथाने पशुपन्छी, मत्स्य साथै घाँसेबालीहरूको स्रोत पहिचान, संरक्षण, उपयोग, प्रवर्द्धन र तिनीहरूको मौलिकताको अधिकार (Patent Right) दर्ता गर्न समन्वय गर्ने।
  • पशुपालन र मत्स्य क्षेत्रसँग सम्बन्धित फार्म स्रोत केन्द्रहरू तथा यसमा आधारित उद्योग व्यवसायहरूको सम्बन्धित सरोकारवाला निकायहरूको संलग्नतामा प्रभावकारी अनुगमन सुपरीवेक्षण तथा मूल्याङ्कन गर्ने।
  • कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट भएका निर्देशन एवम् परिपत्र बमोजिमका अन्य कार्यहरू गर्ने।

    मत्स्य प्रवर्द्धन तथा संरक्षण शाखा

  • मत्स्य सम्बन्धी नीति एवम् ऐन, नियम, निर्देशिका, कार्यविधि, नर्मस एवम् मापदण्ड तयार एवम् परिमार्जनमा सहयोग गर्ने।
  • केन्द्रीय मत्स्य प्रवर्द्धन तथा संरक्षण केन्द्रको समन्वयमा मत्स्य विकास कार्यक्रमको दीर्घकालीन, आवधिक एवम् वार्षिक योजना तर्जुमा तथा कार्यक्रम बजेट तयारमा समन्वय गर्ने।
  • स्थानीय तथा प्रादेशिक तह र अन्य सम्बन्धित सरोकारवाला निकायहरूसँगको समन्वय र सहकार्यमा मत्स्य सम्बन्धी सूचना, प्राविधिक विवरण तथा तथ्याङ्क सङ्कलन, विश्लेषण र प्रतिवेदन अध्यवधिक गर्ने।
  • जलाशय र श्रमको उत्पादकत्व वृद्धि सम्बन्धी कार्यक्रम सञ्चालनमा सहकार्य गर्ने।
  • उत्पादन वृद्धिको लागि व्यावसायिक मत्स्य कृषक तथा कृषक समूह एवम् सहकारीसँग समन्वय गर्ने।
  • मत्स्य उत्पादक, वितरक र उपभोक्ता बीच समन्वयका लागि सहजीकरण गर्ने।
  • माछा तथा जलीय जीवपालनको नवीन प्रविधिहरूको मापदण्ड निर्धारणमा सहयोग गर्ने।
  • चिसो तथा न्यानो पानीमा मत्स्यपालन सम्भाव्य क्षेत्रको पहिचानको लागि अध्ययन सर्वेक्षणको मापदण्ड निर्धारण सम्बन्धी कार्य गर्ने।
  • गुणस्तरीय उत्पादन सामाग्री व्यवस्थापन र नियमन सम्बन्धी कार्य गर्ने।
  • मत्स्य बीमा सम्बन्धी मापदण्ड र नियमन कार्यमा सहयोग गर्ने।
  • माछा तथा जलीय जीवजन्य उत्पादनको मूल्य श्रृङ्‍खला विकास, पोष्टहार्भेष्ट तथा बजार सम्बन्धी मापदण्ड र नियमन कार्यमा सहजीकरण गर्ने।
  • प्राकृतिक जलाशयहरू (नदी, खोला, रिजर्भ्वायर (Resorvoir) ताल, घोल एवम् सीमसार क्षेत्रमा मत्स्यपालन सर्वेक्षण / सम्भाव्यता अध्ययन प्राथमिकताका आधारमा आयोजना, परियोजना तर्जुमा तथा कार्यान्वयनमा समन्वय गर्ने।
  • प्राकृतिक जलाशयमा जलीय जैविक विविधता संरक्षण र उपयोग सम्बन्धी कानून, मापदण्ड र नियमन कार्यमा सहजीकरण गर्ने।
  • प्राकृतिक जलाशयबाट प्राप्त हुने माछा तथा जलीय जीवजन्य उत्पादनमा आश्रित समुदाय (Wetland Based Community) सम्बन्धी कानून, मापदण्ड र नियमन कार्यमा सहयोग गर्ने।
  • प्राकृतिक जलाशय र त्यसमा रहेका माछा तथा जलीय जीवहरूको सूची (Inventory) तयार एवम् अध्यावधिक गर्ने।
  • मत्स्य विकास र मत्स्य तालीम केन्द्र एवम् प्रदेश तथा स्थानीय स्तरमा सञ्चालित मत्स्य विकास कार्यक्रम र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत सञ्चालित मत्स्य विकास कार्यक्रमको अनुगमन तथा मूल्याङ्कन गर्ने।
  • मत्स्य सम्बन्धी क्षमता विकासका लागि स्वदेशी एवम् वैदेशिक अध्ययन, तालीम, गोष्ठी, भ्रमण आदिको अवसरहरूमा आवश्यकता अनुसार कृषक, व्यवसायी, उद्यमी एवम् प्राविधिकहरूको सहभागितामा समन्वय गर्ने।
  • मत्स्य तथा अन्य जलचर सम्बद्ध अन्तर्राष्ट्रिय सङ्‍घसंस्थासँग समन्वय एवम् सञ्चालित कार्यक्रम कार्यान्वयनमा सहयोग गर्ने।
  • मत्स्य विकास कार्यक्रमलाई प्रभावकारी बनाउने सन्दर्भमा सरकारी, गैरसरकारी, सहकारी तथा नीजि क्षेत्रका मत्स्य अनुसन्धान, पशु सेवा, शिक्षण संस्थाहरू तथा अन्य विषयगत निकायहरूसँग आवश्यकता अनुसार समन्वय तथा सहकार्य गर्ने।
  • कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट भएका निर्देशन एवम् परिपत्र बमोजिमका अन्य कार्यहरू गर्ने।