नेपाल सरकार

कृषि तथा पशुपन्छी विकास मन्त्रालय

पशु सेवा विभाग

हरिहरभवन, ललितपुर

Nepal Flag
२०८२ फागुन २४ गते

पशुपन्छी रोग अन्वेषण तथा नियन्त्रण महाशाखा

पशुपन्छी रोग अन्वेषण तथा नियन्त्रण महाशाखा

  • पशु स्वास्थ्यको क्षेत्रमा आधिकारिक राष्ट्रिय भेटेरिनरी निकाय (National Veterinary Authority) को रूपमा काम गर्ने र तत्सम्बन्धी सम्पूर्ण जिम्मेवारी वहन गर्ने।
  • पशु स्वास्थ्य सम्बन्धी नीति, निर्देशिका तथा नर्म्स्‌को प्रारम्भिक तर्जुमा गर्ने।
  • आर्थिक दृष्टिले महत्वपूर्ण सीमाविहिन पशुपन्छीको रोग सर्भिलेन्स, अन्वेषण तथा नियन्त्रण।
  • जनस्वास्थ्यसँग सम्बन्धित तथा जुनोटिक रोगहरूको सर्भिलेन्स, अन्वेषण तथा नियन्त्रण, तथा उन्मूलन गर्ने कार्यक्रम तर्जुमा गरी लागू गर्ने।
  • राष्ट्रिय महत्वका रोग नियन्त्रणका लागि राष्ट्रिय रोग नियन्त्रण कार्यक्रम सञ्चालन गर्ने।
  • रिफरल पशु चिकित्सा सेवा सञ्चालन नियमन।
  • पशुपन्छीका औषधि, जैविक पदार्थ, हर्मोन, विषादी लगायतको गुणस्तर नियमन।
  • पशुपन्छीजन्य महामारी एवम् प्रकोप लगायतका विपद् व्यवस्थापन।
  • महामारी, विपद् व्यवस्थापन र राष्ट्रिय रोग नियन्त्रण कार्यक्रमका लागि औषधि, खोप तथा नियन्त्रण उपकरण/सामग्रीको बफर-स्टक मौज्दात व्यवस्थापन।
  • पशु स्वास्थ्य क्षेत्रमा आवश्यक ऐन, नियम, मापदण्ड, निर्देशिका लगायतको आवश्यकता पहिचान तथा प्रारम्भिक मस्यौदाहरू तयार गर्ने।
  • पशुपन्छीका रोगहरुको अन्वेषण, नियन्त्रण, रोकथाम तथा उन्मूलनको कार्ययोजना (Contingency Plan) तयार गरी लागू गर्ने।
  • एक स्वास्थ्यको लागि पशु स्वास्थ्य तर्फको आधिकारिक राष्ट्रिय प्राविधिक निकायको रुपमा कार्य गर्ने।
  • खोप उत्पादन तथा व्यवस्थापनको कार्यको सुपरिवेक्षण तथा आवश्यक समन्वय।
  • नेपाल कृषि अनुसन्धान परिषद् लगायत अन्य अनुसन्धान संस्थाहरूसँग समन्वय राखी समन्वयात्मक पशु स्वास्थ्य अन्वेषण तथा अनुसन्धानमा सहजीकरण गर्ने।
  • भेटेरिनरी निरीक्षण व्यवस्थापन।
  • नेपाल पक्ष राष्ट्र रहेको विश्व पशु स्वास्थ्य सङ्गठन लगायतका अन्तर्राष्ट्रिय तथा क्षेत्रीय सङ्गठनमा पशु रोग तथा अवस्थाको रिपोर्टिङ।
  • पशु रोग तथा अवस्थिति सम्बन्धी सूचना प्रणाली व्यवस्थापन।
  • प्रयोगशालाको प्रत्यायन (Accreditation) तथा प्रमाणीकरण।
  • नेपालमा कार्यरत पशु स्वास्थ्यसँग सम्बन्धित निकायहरूलाई प्राविधिक सहयोग तथा समन्वय गरी क्षमता विकास गर्ने।
  • पशु तथा पशुजन्य पदार्थ निकासीको लागि आवश्यक अन्तर्राष्ट्रिय भेटेरिनरी प्रमाणपत्र जारी गर्ने।
  • पशु स्वास्थ्यको क्षेत्रमा एन्टिमाइक्रोबियल रेजिस्टेन्स (Antimicrobial Resistance) तथा एन्टिमाइक्रोबियल प्रयोग (Antimicrobial Use) को नियमन गर्ने।
  • पशु कल्याण सुनिश्चित गर्न आवश्यक कार्य गर्ने।

महामारी तथा रोग नियन्त्रण तथा व्यवस्थापन शाखा

  • आर्थिक दृष्टिले महत्त्वपूर्ण सीमाविहिन पशुपन्छीको रोग सर्भिलेन्स, अन्वेषण तथा नियन्त्रण।
  • पशुपन्छीजन्य महामारी एवम् प्रकोप लगायतका विपद् व्यवस्थापन।
  • महामारी, विपद् व्यवस्थापन र राष्ट्रिय रोग नियन्त्रण कार्यक्रमका लागि औषधि, खोप तथा नियन्त्रण उपकरण/सामग्रीको बफर-स्टक मौज्दात व्यवस्थापन गर्ने ।
  • आर्थिक दृष्टिले महत्त्वपूर्ण रोग नियन्त्रणका लागि राष्ट्रिय रोग नियन्त्रण कार्यक्रम सञ्चालन गर्ने।
  • पशुपन्छीका रोगहरुको अन्वेषण, नियन्त्रण, रोकथाम तथा उन्मूलनको आपतकालिन कार्ययोजना (कन्टिन्जेन्सी प्लान) तयार गरी लागू गर्ने।
  • महामारी रोगको रोकथाम तथा नियन्त्रणको लागि कार्ययोजना तयार पार्ने।
  • महामारी रोग सम्बन्धी सूचना सङ्कलन तथा सम्प्रेषण गर्ने।

    भेटेरिनरी इपिडेमियोलोजी शाखा

  • नेपाल पक्ष राष्ट्र रहेको विश्व पशु स्वास्थ्य सङ्गठन लगायतका अन्तर्राष्ट्रिय तथा क्षेत्रीय सङ्गठनमा पशुपन्छी (वन्यजन्तुसमेत), माछा, मौरी रोग तथा अवस्थाको रिपोर्टिङ गर्ने।
  • पशु रोग तथा अवस्थिति सम्बन्धी सूचना प्रणाली व्यवस्थापन गर्ने।
  • पशु रोग पहिचानको दक्षता अभिवृद्धिको लागि सूचना तथा जानकारी सम्प्रेषण गर्ने र आवश्यक सञ्चारको कार्य गर्ने।
  • महामारी तथा सीमाविहिन रोग नियन्त्रणका लागि Zoning and Compartmentalization गर्ने।
  • Emerging तथा Re-emerging रोगहरूको नियन्त्रण सम्बन्धी रणनीति तयार तथा कार्यान्वयन गर्ने।
  • पशु रोग सम्बन्धी इपिडेमियोलोजीकल सर्भिलेन्स, अध्ययन गर्ने।
  • पशु रोगको जोखिम विश्लेषण गर्ने।
  • पशु स्वास्थ्य सम्बन्धी अभिलेख अद्यावधिक गरी राख्ने।

 

    एकिकृत स्वास्थ्य शाखा

  • एक स्वास्थ्य सम्बन्धी राष्ट्रिय नीतिको मस्यौदा तर्जुमा कार्यान्वयन तथा अनुगमन गर्ने।
  • एक स्वास्थ्यको लागि पशु स्वास्थ्यको तर्फबाट आधिकारिक राष्ट्रिय प्राविधिक विन्दुको रुपमा कार्य गर्ने।
  • जनस्वास्थ्यसँग सम्बन्धित तथा जुनोटिक रोगहरूको सर्भिलेन्स, अन्वेषण तथा नियन्त्रण तथा उन्मूलन गर्ने कार्यक्रम तर्जुमा गरी लागू गर्ने।
  • एन्टिमाइक्रोबियल रेजिस्टेन्स तथा एन्टिमाइक्रोबियल प्रयोगको नियमनको कार्यको समन्वय गर्ने।
  • खाद्य स्वच्छताको लागि पशु सेवा विभागको फोकल विन्दुको रूपमा कार्य गर्ने र अन्य सम्बन्धित निकायहरूसँग आवश्यक समन्वय तथा सहकार्य गर्ने।
  • विश्व पशु स्वास्थ्य सङ्गठन (WOAH) र विश्व स्वास्थ्य सङ्गठनसँग प्राविधिक सहकार्य एवम् समन्वय गर्ने।
  • एक स्वास्थ्य सम्बन्धी नीति तथा कार्यक्रम कार्यान्वयनका लागि सरोकारवाला सरकारी तथा गैर सरकारी निकायहरूसँग समन्वय गर्ने।
  • एक स्वास्थ्य सम्बन्धी अध्ययन अनुसन्धानका लागि आवश्यक कार्य गर्ने।
  • एक स्वास्थ्य सम्बन्धी सूचना प्रणाली व्यवस्थापन।
  • एक स्वास्थ्य सम्बन्धी दक्षता अभिवृद्धिको लागि सूचना तथा जानकारी सम्प्रेषण गर्ने र आवश्यक सञ्‍चारको कार्य गर्ने।