नेपाल सरकार

कृषि तथा पशुपन्छी विकास मन्त्रालय

पशु सेवा विभाग

हरिहरभवन, ललितपुर

उद्देश्य, लक्ष्य र दृष्टि

पशु पालन व्यबसायलाई विविधिकरण, व्यबसायीकरण, आयमुलक तथा सम्मानित पेशाको रुपमा विकास गरी राष्ट्रिय उत्पादनमा योगदान पर्‍याउने पशु सेवा विभागको प्रमुख हो भने अन्य उदेश्यहरु निम्न प्रकारका छन् ।

  • पशुजन्य पदार्थको उत्पादन तथा उत्पादकत्वमा वृद्धि ल्याउने र यसको सन्तुलित सेवनबाट कुपोषणको समस्या हटाउदै लाने ।
  • ग्रामीण अर्थतन्त्रलाई टेवा पुर्‍याउन र क्षेत्रीय सन्तुलन कायम गर्न पशुपालन व्यवसायलाई विशेष ध्यान दिने ।
  • पशुपंछीपालनबाट गरीब तथा सामाजिक दृष्टिकोणबाट पिछडिएका वर्ग र महिला वर्गको आर्थिक तथा सामाजिक स्थितिमा सुधार ल्याउन विशेष योगदान पर्‍याउने ।
  • उन्नत पशुपालन पेशालाई कृषक परिवारको प्रमुख आयश्रोतको रुपमा विकास गरी वातावरण संरक्षण तथा सन्तुलन कायम गर्न सहयोग पुर्‍याउने ।
  • देशको पशुधनको सुरक्षा र जनस्वास्थ्य संरक्षणमा योगदान पुर्‍याउन विशेष पशु रोगहरुको नियन्त्रण सेवामा विस्तार गर्ने ।
  • आयात प्रतिस्थापन तथा निर्यातमुलक पशुपंछी उत्पादनबाट उद्योगलाई कच्चा पदार्थ उपलव्ध गराई सहयोग पुर्याउने ।
  • व्यवसायीक पशुपंछीपालन, त्यसको श्रोत विकास तथा संरक्षण सेवा तथा वजार व्यवस्थापनमा निजि क्षेत्रलाई संलग्न गराउने ।
  • पशुपंछी उत्पादन क्षेत्र र सम्वन्धित उद्योग र व्यापारलाई प्रोत्साहन दिई स्वरोजगारको अवसरमा वृद्धि ल्याउने ।
  • पशुपंछी उद्योग व्यवसायसंग सम्बन्धित सामाग्रीहरुको गुणँस्तर निर्धारण तथा नियन्त्रण सेवामा विस्तार गर्ने।